करारका कर्मचारीलाई क्षेत्र अनुसार प्रोत्साहन भत्ता

13.4K
shares
Nabil bank

कर्णाली प्रदेश सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशभित्र स्वीकृत स्थायी दरबन्दीमा करार सेवामा कार्यरत कर्मचारीहरुलाई जिल्ला अनुसार प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो प्रदेशको सुर्खेत जिल्लामा कार्यरत कर्मचारीलाई मासिक चार हजार,सल्यान,रुकुम पश्चिम,जाजरकोट र दैलेखमा कार्यरत कर्मचारीहरुलाई मासिक ६ हजार प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

यस्तै कालिकोट र जुम्लामा स्वीकृत स्थायी दरबन्दीमा कार्यरत करार सेवाका कर्मचारीहरुले मासिक ८ हजार भत्ता पाउनेछन भने मुगु,जुम्ला र हुम्ला जिल्लामा कार्यरत कर्मचारीहरुलाई मासिक १० हजार भत्ता दिने निर्णय भएको छ ।

उनीहरुले यस आर्थिक बर्षको साउन १ गतेबाटै यस्तो भत्ता सुविधा पाउने मन्त्रालयले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x