त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन पक्राउ
वि.सं.२०७९ पुस ८ शुक्रवार
12.2K
shares
shares
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन पक्राउ परेको छ । शुक्रबार दुबईबाट २ः१५ बजे काठमाडौं अवतरण गरेका सुडानका नागिरकबाट १९ किलो सुनसहित परेका हुन । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अम्बिका खनालले आर्थिकन्युज डटकमलाई सुडानका नागरिक पक्राउ परेको जानकारी दिए । आरोपी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् ।
भन्सार कार्यालयका प्रमुखका अनुसार अर्थ ठोस पदार्थ बनाएर ल्याइएको करिब १९ केजी भएको र सोमबार परिक्षाणमा पठाइने बताए । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको हो ।
Subscribe
0 Comments
Oldest
































