पछिल्लो २४ घन्टामा देशभरबाट थप ५ सय ५९ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) का बिरामी थपिए

1.2K
shares

काठमाडौं,  केहि दिन देखि नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा देशभरबाट थप ५ सय ५९ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) का बिरामी थपिएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ५ हजार १ सय ५ जनामा पिसिआर नमुना परीक्षणको नतिजामा कुल ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

 

थपिएका ५ सय ५९ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ । यीमध्ये ३ हजार ३ सय ६ सय जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

 

सोमबार देशभर थप १ सय ३८ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय ३८ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७४ हजार १ सय ६५ जना पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

 

पछिल्लो २४ घन्टाको अवधिमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म ३ हजार ५३ जनाको कोरोनाबाट ज्यान गएको मन्त्रालयले जनाएको छ ।

civil hospital
Hams Hospitals