नेकपा एमालेका झलनाथ-माधव समूहले ६५ जिल्लामा समानान्तर कमिटी गठन सुचि सहित

1.7K
shares

काठमाडौं,  नेकपा एमालेका झलनाथ-माधव समूहले ६५ जिल्लामा समानान्तर कमिटी गठन गरेको छ ।

 

झलनाथ-माधव समूहले गठन गरेका जिल्ला कमिटीहरुमा ३३ जना पुरानो जिल्ला कमिटीकै अध्यक्ष छन् भने ३१ जना नयाँलाई अध्यक्ष बनाएर जिल्ला कमिटीलाई पुनर्गठन गरेको नेपाल पक्षको भनाई छ ।

 

यो समूहले यसअघि सात वटै प्रदेशमा इन्चार्ज तोकिसकेको थियो । प्रदेश नम्बर एकमा भीम आचार्य, दुईमा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनीमा युवराज ज्ञवाली, कर्णालीमा प्रकाश ज्वाला र सुदूर पश्चिममा भीम रावल इन्चार्ज छन् ।

 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले फागुन २८ गते एकलौटी संगठन विस्तार गरेको विरोधमा यो समूहले गत चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेर समानान्तर कमिटी घोषणा गर्ने निर्णय गरेको थियो ।

 

गत फागुन २३ मा सर्वोच्च अदातलको फैसलाले माओवादी केन्द्रसँगको एकता भंग गरिदिएपछि खनाल–नेपाल पक्षले २०७५ जेठ २ गतेको संगठन ब्युँतिएको बताएका थिए ।

 

ओलीले फागुन २८ गते आफ्नो पक्षका केन्द्रीय सदस्यलाई मात्रै राखेर पार्टीको केन्द्रीय कमिटी विस्तार गरेपछि माधव–झलनाथ समूहले समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो ।

 

सूचीमा हेर्नुस् कुन जिल्लामा को ?

 

प्रदेश एक

ताप्लेजुङ– बलबहादुर साम्सोहाङ

पाँचथर– कमल जगेबु

इलाम– भक्त केसी

झापा– देवराज रेग्मी

मोरङ– चन्द्रवीर राई

सुनसरी– रमेश बस्नेत

धनकुटा– अर्जुन राई

तेह्रथुम– लक्ष्मण तिवारी

संखुवासभा– हेमराज घिमिरे

भोजपुर– शरण राई

खोटाङ– बबी चाम्लिङ

उदयपुर– ईश्वरमणि राउत

 

प्रदेश दुई

सप्तरी– गोविन्द न्यौपाने

सिराहा– प्रमोदनारायण यादव

धनुषा– रामचन्द्र पण्डित

सर्लाही– रेवती पन्त

रौतहट– कमल राय यादव

बारा– सुन्दर विश्वकर्मा

पर्सा– बालगोपाल थापा

 

बागमती प्रदेश

सिन्धुली– सूर्य पाख्रिन

रामेछाप– शान्ति पौडेल

दोलखा– भीम दाहाल

काभ्रे– टोपबहादुर बाइवा

सिन्धुपाल्चोक– झंक नेपाल

नुवाकोट– नारायण खतिवडा

धादिङ– शिवराज कँडेल

मकवानपुर– मुनु सिग्देल

चितवन– तेजेन्द्र खड्का

काठमाडौ– वसन्त मानन्धर

ललितपुर– हरिकृष्ण थापा

भक्तपुर– राजन बिसी

 

गण्डकी प्रदेश

गोरखा– यादव बस्नेत

तनहुँ– शंकर नारायण श्रेष्ठ

लम्जुङ– रामबाबु अधिकारी

म्याग्दी– बालकृष्ण सुवेदी

बाग्लुङ– इन्द्रलाल सापकोटा

पर्वत– भक्त कुँवर

कास्की– धनराज आचार्य

स्याङ्जा– रामचन्द्र भट्टराई

नवलपरासी पूर्व– धनञ्जय शर्मा

 

लुम्बिनी प्रदेश

रुपन्देही– राजु गुरुङ

गुल्मी– सोमनाथ सापकोटा

अर्घाखाँची– रामबहादु चौहान

दाङ– टीकाराम खड्का

प्युठान– भोजविक्रम बुढा मगर

पूर्व रुकुम– भिउमान घर्ती

रोल्पा– हरि घर्ती

बाँके– अशोक कोइराला

बर्दिया– रमेशप्रसाद सापकोटा

 

कर्णाली प्रदेश

सुर्खेत– ध्रुव शाही

दैलेख– नरनाथ योगी

सल्यान– उदय बोहोरा

पश्चिम रुकुम– बिमल पुन

मुगु– धर्मराज शाही

जजरकोट– करवीर शाही

जुम्ला– तीर्थ बुढा

हुम्ला– दल रावल

 

सुदूरपश्चिम प्रदेश

बैतडी– महादेव भट्ट नयाँ

डडेलधुरा– डा. तारा जोशी

कंचनपुर– तारा लामा

कैलाली– दीर्घ सोडारी

अछाम– शेरबहादुर कुँवर

डोटी– चक्र मल्ल

बाजुरा– गगन रावल

बझाङ– दिलबहादुर सिंह

civil hospital
Hams Hospitals