शाइन रेसुङ्गा बैंकको सिईओको जिम्मेवारी पुनः प्रकाश पौडेललाई
वि.सं.२०७९ माघ २ सोमवार
13.1K
shares
shares
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)का जिम्मेवारी पुनः प्रकाश पौडेलले पाएका छन् । यसअघि पनि सिईओ नै रहेका पौडेललाई आगामी चार वर्षका लागि निरन्तरता दिइएको हो ।
बैंकको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सो पदमा पुनः जिम्मेवारी दिने निर्णय गरेको हो । पौडेलले आइतबारदेखिनै कार्यभार सम्हालेका छन् ।
Subscribe
0 Comments
Oldest
































