पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि
वि.सं.२०७८ वैशाख ७ मंगलवार
1.8K
shares
shares
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको कोरोना परीक्षण उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो ।
भारतको हरिद्वारमा कुम्भ मेलामा गंगा स्नान गरेर स्वदेश फर्किएका शाह दम्पतीमा संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।
शाह दम्पतीको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




























