खाडी मुलुक जान लागेका १२६ जना नेपाली कामदार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फर्काइए

15.6K
shares
Nabil bank

काठमाडौं। खाडी मुलुक जान लागेका १२६ जना नेपाली कामदार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फर्काइएका छन । कोरोना परीक्षणको नक्कली पिसिआर रिपोर्टका कारण कामदारहरु फर्काइएका हुन ।

 

काठमाडौंको सिनामंगलस्थित सुरिया हेल्थ केयर प्रा.लि.बाट जारी भएका सबै पिसिआर रिपोर्ट नक्कली देखिएपछि रोजगारीका लागि खाडी मुलुक जान लागेका सबै १२६ जना नेपाली कामदारहरुलाई फिर्ता पठाइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिएका छन ।

 

ती सबै कामदारहरु आज विहान एअर अरेबिया र एअर जर्जियाका विमानबाट साउदी, दुबईलगायतका खाडी मुलुक जान लागेका थिए ।

 

यसअघि मंगलबार प्रहरीले नक्कली पिसिआर रिपोर्ट बनाउने सुरिया हेल्थ केयर प्रा।लि। का चिकित्सक सहित ८ जनालाई पक्राउ गरेको थियो ।

 

कोभिड–१९ परिक्षणको अनुमती लिएको उक्त ल्याबका व्यवस्थापन प्रमुख समेत रहेका डा. खेलानन्द प्रसाद सिंह, सिनामंगलमा मेडिकल संचालन गरेर बस्ने चित्रबहादुर रायमाझी उर्फ प्रकाश र सप्तरी घर भएका प्रमोद कुमार यादव सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

 

एजेन्ट, ल्याब टेक्निसियन र चिकित्सक मिलेर प्रतिव्यक्ति ९ हजार रुपैयाँमा पिसिआर रिपोर्ट बेच्ने गरेको प्रहरी अनुशन्धानबाट खुलेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x