भूकम्पका ६ वर्ष : इपिसेन्टरले बिर्सियो त्रासदी

978
shares

गुजुमुच्च बस्ती, लाहुरेको गाउँ । बौद्ध हिमालको काखमा रहेको बारपाक, भीसी गजे घलेको गाउँका रूपमा पनि परिचित बन्यो । गुरुङ, घले र दलित समुदायका एकनासका घर रहेको बारपाकको दृश्य भूकम्पको घटनाअघिसम्म बेग्लै थियो । ढुंगाको गारो, ढुंगाकै छानो भएका घर धेरै थिए । २०७२ वैशाख १२ को भूकम्पको इपिसेन्टर यो गाउँमा अब भने अग्ला पक्की घर थुप्रै भएका छन् ।

 

६ वर्षको अन्तरालमा बारपाकको निजी आवासतर्फ मात्र ९६ प्रतिशत पुनर्निर्माण सकिएको छ । ढुंगाका छाना भएका घर विस्थापित भएका छन् । अधिकांश घर पक्की बनेका छन् । ढुंगाको छाना, ढुंगाकै गारो भएको गाउँमा अहिले जस्तापाता टल्किएका छन् । धेरैले करोडसम्म खर्चेर पक्की घर बनाएका छन् ।

 

बारपाकका कृष्णबहादुर गुरुङ घर हेरेरै धनी र गरिब सर्लक्कै छुट्टिने बताउँछन् । ‘पैसा हुनेको बिल्डिङ छ, पैसा नहुनेको साना र जस्ताले छाएका घर छन्,’ उनले भने, ‘भूकम्पपछि सबैभन्दा देखिने परिवर्तन भनेको नै घरमा हो ।’ देखासिकी गरेर कंक्रिट पिलरको घर बनाउन स्थानीय आकर्षित भएकाले पनि बारपाकको मौलिकता हराएको भन्दै उनले व्यक्त चिन्ता गरे ।

यो समाचारकान्तिपुर दैनिकमा छ ।

civil hospital
Hams Hospitals