पल शाहले जेलबाट बाहिरिएपछि आफ्नो कथामा पलले म्युजिक भिडियो सार्वजनिक
वि.सं.२०८० वैशाख २८ बिहीवार
shares
काठमाडौं । नाबालिका बलात्कार अभियोगमा एक वर्ष जेल जीवन बिताएर फर्किएका अभिनेता पल शाहले आफूले कथामा गीत ‘तिमीलाई हेर्ने बानी प¥यो’को फिमेल भर्सन गीतमा उनले आफ्नै कैदी जीवनदेखि रिहाईसम्मको घटनामा प्रस्तुत गरेका छन् ।
पलकै निर्देशनमा तयार पारिएको भिडियोमा पलका अलवा सूर्यमाला खनाल,प्रकाश अधिकारी,प्रिन्सु तिवारी र सनिशा भट्टराईको अभिनय छ।
भिडियोमा पलले हथकडी लगाएकोदेखि उनको रिहाइको कामना गर्दै परिवार, साथीभाई, विभिन्न धार्मिक समुदायका मानिसहरुले गरेको पूजाआजा र प्रार्थनालाई देखाइएको छ। जेलबाट बाहिरिएका पलले कपाल नक्कली लगाएर भिडियोमा अभिनय गरेका थिए।
सार्वजनिक भिडियोमा पलले न्यायलयलाई सम्मान व्यक्त गरेका छन् । एक साता भन्दा बढि लगाएर छायांकन गरिएको भिडियोको कथा पल आफैले तयार पारेका हुन् । भिडियो पल शाहकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।




























