उपत्यकामा अब यी क्षेत्र खुला हुने (सूचना सहित)
वि.सं.२०७८ वैशाख १३ सोमवार
1.3K
shares
shares
काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि एक साता अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ आदेश जारी गर्दै यस्तो निर्णय गरेका हुन् ।
स्वास्थ्य मापदण्ड पालनालाई प्रभावकारी कार्यान्वयन गर्न सकिने विकल्प हुँदाहुँदै निषेधाज्ञा वा लकडाउन जस्तो अलोकप्रिय निर्णय नगर्न विशेषगरी उद्योगी व्यवसायीहरूले आग्रह गर्दागर्दै काठमाडौंको स्थानीय प्रशासनले आज यो निर्णय गरेको छ । यस्तो अलोकप्रिय निर्णयले जनजीवन अस्तव्यस्त हुने, न्यून आयस्तरका जनता ठूलो मारमा पर्ने र अर्थतन्त्र चौपट हुने उनीहरूको भनाई छ ।





























