आज शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरु यस्ता छन्
वि.सं.२०८० जेठ २१ आइतवार
shares
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका पहिलो दिन आज आइतबार आज नेप्से ५३.०३ अंकले बढेर एक हजार ९ सय १९ दशमलब ३७ विन्दुमा बन्द भएको छ । आज एक अर्ब ६५ करोड ६३ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सामुदायिक लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१, सोल्टी होटल लिमिटेड, तारागाउँ रिजेन्सी होटल लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था रहेका छन् ।
नेप्सेका अनुसार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४०७.९० रुपैयाँ पुगेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.८७ प्रतिशतले बढेर प्रतिकित्ता ८२४ रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१को शेयरमूल्य ९.८० प्रतिशतले बढेको छ । आजको कारोबारमा सोल्टी होटल लिमिटेडको शेयरमूल्य ९.६२ प्रतिशतले बढेर प्रतिकित्ता ३१९ रुपैयाँ पुगेको छ ।
आइतबारको कारोबारमा तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयरमूल्य ९.६२ प्रतिशतले बढेर प्रतिकित्ता ६२१ रुपैयाँ पुगेको छ भने महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.१० प्रतिशतले बढेर प्रतिकित्ता ७६५ रुपैयाँ पुगेको छ ।































