सहकारी पीडित बचतकर्ताहरुसंग मन्त्रालयले वार्ता गर्यो
वि.सं.२०८० असार ८ शुक्रवार
shares
काठमाडौं।माइतीघर मण्डलामा धर्ना बसिरहेका सहकारी पीडित बचतकर्ताहरुसंग भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले वार्ता गरेको छ । मन्त्रालयमा भएको वार्तामा सहकारी पीडित बचतकर्ताहरुले सहकारी संस्थाहरुले आफ्नो बचत रकम फिर्ता नगर्कोले आफूहरु धेरै समस्यामा परेको घरायसी समस्या समाधानमा समस्या परेको उपचार वालवच्चाको पढाइमा समस्या परेकोले यस्ता सहकारी संस्थाका सञ्चालकहरुलाई कारवाही गरि आफ्नो बचत फिर्ता गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । साथै गलत सहकारी लाइ कारवाही गरि बांकी सहकारी राम्रा हुन र सहकारीमा सदस्यहरुको वचत सुरक्षा हुन्छ भन्ने प्रत्याभूति गरिनु पर्ने कुरा समेत बताए । मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले यहांहरुको समस्या प्रति म सम्वेदनशील रहेको छु यो विषयलाई मन्त्रीपरिषद लगायतका ठाउंमा उठाइ छिट्टै समाधानो पहल गर्ने कुरा वताइन । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिवाट सहकारी पीडित बचतकर्ताहरुको वचत फिर्ता गराउने र सञ्चालकहरुलाई कारवाही गर्ने कार्य भैरहेको र हालै गठित सहकारी समस्या समाधान सुझाव कार्यदलमा पनि यो विषयलाइ एजेण्डाको रुपमा प्रस्तुत गरिने कुरा बताए । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले बचतकर्ताहरुको वचत सुरक्षा गर्न आवश्यक कानूनी प्रबन्ध गर्न तत्काल कार्य शुरु गरिने वताए। सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारी पीडित बचतकर्ताहरुवाट प्राप्त निवेदनको आधारमा विभागले वचत फिर्ता गराउने र सञ्चालकहरुलाई कारवाही गर्ने कार्य गरिरहेको बताए । मन्त्रालयका सहसचिव निराजन घिमिरेले सहकारी पीडित बचतकर्ताहरुको वचत फिर्ता गर्न मन्त्रालय र यस मातहतका निकायवाट कुनै कसर वांकी नराखिने बताए । सहकारी पीडित बचतकर्ताहरुले वार्ता सकारात्मक रहेको र समस्या समाधान हुने प्रति आशावादी रहेको वताए ।































