‘सुन तस्करी घटनामा गृह र अर्थको संलग्नता छ’:सांसद शर्माको आरोप

14.6K
shares
Nabil bank

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले सुन तस्करी घटना गृह मन्त्रालय र अर्थ मन्त्रालयको संलग्नता रहेको आरोप लागेको छ । करिब एक सय केजी सुन तस्करी घटनामा गृह र अर्थ मन्त्रालयको संलग्नता देखिएको उनले आरोप लगाएका हुन् ।

 

प्रहरीको उच्च सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्टबाट ठूलो परिमाणमा सुन भित्रिनुले घटनामा गृह मन्त्रालयको संलग्नता देखिएको उनको भनाई छ । गृह र अर्थ मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरूबिच भागबण्डामा कुरा नमिल्दा सुन समातिएको हुनसक्ने उनको बताए ।

 

डिआइजीको नेतृत्वमा विशेष सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्ट कटेर सुन भित्रिनु र एयरपोर्टको गेट कटेर गइसकेपछि अर्थ मन्त्रालय मातहतको राजश्व विभागले पक्राउ गर्नुले घटनामा गृहको संलग्नता पुष्टि गर्ने सांसद शर्मा बताउँछन् । उनले भने, ‘विदेशमा भएको छोरालाई गाउँबाट आमाले एक बट्टा धुले अचार पठाउँदा पुलिसले थाहा पाउँछ, विदेशबाट आउँदा ल्याएको एउटा मोबाइल समातेर हल्ला पिटिन्छ, सिक्री थुतिन्छ, त्यस्तो कडा चेकजाँच हुने एयरपोर्टमा क्विन्टलका क्विन्टल सुन कसरी पस्छ र कसरी यहाँ एयरपोर्टको गेटबाट बाहिर जान सक्छ ?’

 

काठमाडौंमा बिहीबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सांसद शर्माले भने, ‘गृह मन्त्रालय मातहतको प्रहरीले नसमातेर एयरपोर्टबाट सुन बाहिरिनुले यसमा गृह सामेल थियो भन्ने प्रमाणित भयो, गृह र अर्थबिचको भागबण्डामा कुरा नमिल्दा पक्राउ परेको जस्तो देखिन्छ । यसमा संलग्न मुख्य नाइके सार्वजनिक गरिनुपर्छ, अब हामी त्यसै छोड्नेवाला छैनौँ ।’

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x