नेपालमा पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा संक्रमित
वि.सं.२०७८ वैशाख २० सोमवार
11.7K
shares
shares
Photo By: Nurse wearing respirator mask holding a positive blood test result for the new rapidly spreading Coronavirus, originating in Wuhan, China
काठमाडौं । नेपालमा ७४४८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ७३८८ जना र एन्टिजन परिक्षण गर्दा ६० जना गरि जम्मा ७४४८ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या तीन लाख ४३ हजार ४१८ रहेको छ । संक्रमित मध्ये दुई लाख ८६१ हजार १५ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ५४ हजार ४१ रहेको छ ।
पछिल्लो २४ घण्टामा २०२१ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ३७ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३३६२ पुगेको छ ।
Subscribe
0 Comments
Oldest
































