सरोजको ‘दुई दिने जीवन’ सार्वजनिक

1.4K
shares

काठमाडौँ । सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ । युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै रहेको छ ।

 

र्‍याप भने किरण श्रेष्ठले गाएका छन् भने दिवाकर हित्त्लेरको शब्द रहेको छ । संगीत संयोजन विशाल गुरुङले गरेका हुन् ।

 

भिडियोमा दीपक घिमिरे र पूजा ठाकुर देखिएका छन् । नितिन चन्दले निर्देशन गरेको भिडियोमा सरोज अधिकारीको कथा, सब्बु तामाङको शृङ्गार, योदीन योञ्जन र राजु तिमिल्सिनाको छायांकन र निर्देशक चन्दकै सम्पादन समावेश रहेको छ ।

 

गीतले युवापुस्तालाई कुलतमा लाग्नु हुँदैन भन्ने सन्देश दिन खोजेको छ।

civil hospital
Hams Hospitals