निक्षेप तथा कर्जा सुरक्षण कोषको वार्षिक उत्सव सम्पन्न

21.1K
shares
Nabil bank

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले आफ्नो ५० औँ वार्षिक उत्सवको उपलक्षमा विभिन्न कार्यक्रमहरु बनाउने क्रममा मगलबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । कोषले वार्षिक उत्सवको अवसरमा मंगलबार खुला रक्तदान कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा ४४ जनाले रक्तदान गरेको कोषले जनाएको छ ।

 

कोषका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमेश घिमिरेका अनुसार ५० औँ वर्षको यात्रामा यस कोषले नेपाली समाजमा विभिन्न योगदानहरू पुर्‍याएको छ । यसमध्ये उल्लेखनिय योगदानकारुपमा रोजगारी सिर्जना, उद्यमशीलताको विकास र गरिबी निवारण रहेको छ ।

 

यस संस्थाले निक्षेप र कर्जाको सुरक्षण गर्दै आएको छ । दुई लाखबाट शुरु भएको निक्षेप सुरक्षण कार्यक्रम अहिले पाँच लाखको सिमामा पुगेको उनले बताए । असार मसान्तसम्म १२ खर्ब ३३ अर्बको हाराहारीमा निक्षेपको सुरक्षण गरिएको छ । यसका साथै दुई खर्ब ७४ अर्बको कर्जाको सुरक्षण गरिएको उनले जानकारी दिए ।

 

निक्षेपतर्फ सवा चार करोड निक्षेप सुरक्षण दायराभित्र खाताहरू आइसकेका छन् । कर्जा सुरक्षण तर्फको करिब १७ लाखको हाराहारीमा खाता रहेका छन् । कुल निक्षेपको झन्डै २२ प्रतिशत निक्षेपलाई सुरक्षण गरिएको सिइओ घिमिरेले जानकारी दिए ।

 

निक्षेप बिमकका रूपमा निक्षेप तथा कर्जा सुरक्षण कोषले वि.सं २०६८ साल देखि निक्षेप सुरक्षण योजनाको सुरुवात गरेको थियो । हाल संसारको १२० भन्दा बढी मुलुकमा कार्यान्वयनमा रहेको निक्षेप सुरक्षणलाई कुनै पनि देशको अत्यावश्यक सुरक्षा जालोको रूपमा संसारभरी स्वीकार गरेको पाइन्छ ।

 

कुनै पनि बैंक तथा वित्तीय संस्था टाट पल्टदा निक्षेपकर्तालाई हुन सक्ने सम्भावित नोक्सानीबाट यो प्रणालीले बचाउँदछ । निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ ले निक्षेप तथा कर्जा सुरक्षण कोषलाई निक्षेप र कर्जा सुरक्षण सम्बन्धी कार्य गर्न वैधानिक जिम्मेवारी प्रदान गरेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x