विवादास्पद अभिव्यक्तिले कंगनाको ट्विटर अकाउन्ट सस्पेन्ड
वि.सं.२०७८ वैशाख २१ मंगलवार
shares
मुम्बई । बलिउडकी चर्चित अभिनेत्री कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेन्ड भएको छ।
भड्किलो अभिव्यक्ति दिएका कारण कंगनाको ट्विटर अकाउन्ट सस्पेन्ड गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
सुशान्त सिंह मृत्यु प्रकरण देखि किसान आन्दोलनसम्म दिएका अभिव्यक्तिका कारण कंगना यसअघि चर्चामा थिइन्।
पछिल्लो समय भने उनले अमेरिकी गायिका रिहानलाई बेश्याको संज्ञा दिइन् भने सन्जय दत्तलाई गँजेडी भनिन्।
यतिबेला राजनीतिक विषयमा विवादस्पद अभिव्यक्ति दिएकै कारण कंगनाको ट्विटर अकाउन्ट बन्द भएको बताइएको छ।
हालै पश्चिम बंगालमा सम्पन्न विधानसभा निर्वाचनमा ममता बनर्जीको पार्टी त्रिणमूल काँग्रेसले भाजपालाई पराजित गरेको थियो।
सो विषयमा बनर्जीलाई दानव महिलाको संज्ञा दिएपछि कंगनाको ट्विटर अकाउन्ट हिंसा भड्काउने किसिमको भएको भन्दै तत्काललाई निलम्बन गरिएको हो। सोही ट्विटमा कंगनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने महान व्यक्तिको संज्ञा दिएकी थिइन्।



























