उपत्यकामा एकैदिन ३८२५ संक्रमित थपिए, १५ जनाको मृत्यु

13.1K
shares
Nabil bank

काठमाडौं । नेपालमा आज एकैदिन ८ हजार बढी संक्रमित फेला परेका छन्।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६५९ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संख्या हालसम्मको उच्च हो।

यस्तै काठमाडौँ उपत्यकामा आज ३ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा २ हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना संक्रमित भेटिएका हुन्।

यस्तै एकै दिन काठमाडौँ उपत्‍यकामा १५ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बुधबार देशभर ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x