एक दुई होइन १० पटक कोरोना नेगेटिभ आएकी महिलाको कोरोनाकै कारण मृत्यु
वि.सं.२०७८ वैशाख २३ बिहीवार
shares
कोरोना भाइरसका कारण कयौँ अनौठा खबरहरू आई रहेका छन् । त्यस्तै एउटा जटिल केस ब्रिटेनमा भेटिएको छ । त्यहाँकी एक ५५ वर्षकी महिलाले लगातार १० पटक कोभिड टेस्ट गराएकी थिइन र रिजल्ट नेगेटिभ नै आइरहेको थियो तर उनै कोरोनाका कारण मृत्यु भएको छ ।
द सनको रिपोर्टका अनुसार छछ वर्षीय डेब्रा श हर्नियाँ अपरेसनको लागि रोयल स्टक युनिभर्सिटी अस्पतालमा उपस्थित थिइन्।
उनी यस अपरेसन पछि राम्ररी रिकभर हुँदै थिइन , तर अचानक उनलाई सास लिन समस्या हुन थाल्यो उनिलाई कोमामा लैजानु पर्यो । उन को अप्रेसनको दुई हप्ता पछि मृत्यु भयो ।
मृत्यु पछि जाँच गर्दा उनको कोभिडको कारण मृत्यु भएको कुरा सामनेमा आयो ।
उनका छोराका अनुसार उनलाई श्वास फेर्न गाह्रो भए पछि लगातार कोभिड जाँच गरिएको थियो । कोभिड रिपोर्ट नेगेटिभ आएका कारण उनलाई परिवारका सदस्यहरूले निर्बाध भेटिरहेका थिए । अहिले उक्त अस्पताललाई मुद्दा हाल्ने तयारी भइरहेको छोरा कृशले बताएका छन् । श्रोतस् आज तक




























