कोरोना संक्रमणबाट पोखरामा थप चार जनाको मृत्यु

14.9K
shares
Nabil bank

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पोखरामा थप चार जनाको ज्यान गएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत तीन र चरक मेमोरियल अस्पतालमा एक जनासहित चार जनाको मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा पोखरा–३ का ८७ वर्षीय पुरुष, पोखरा–२९ का ४१ वर्षीय पुरुष, पोखरा–१७ का ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरी गाउँपालिका–२ की ७२ वर्षीय महिला रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

 

पोखरा ३ का संक्रमितको चरक मेमोरियल अस्पतालमा र अन्य तीन संक्रमितको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ ।

 

हालसम्म गण्डकी प्रदेशमा २ हजार ८०४ जना होम आइसोलेशनमा रहेका छन् । प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१ रहेको छ ।

 

गण्डकीमा अहिलेसम्म १ लाख ४८ हजार ६१० जनाको कोरोना परिक्षण गरिएको छ । त्यसमध्ये प्रदेशमा २० हजार ४२७ कोरोना संक्रमित भेटिएका छन् ।

 

परिक्षण गरिएका १ लाख ४८ हजार ६१० मध्ये १ लाख २८ हजार १८३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । त्यसैगरी अहिलेसम्म प्रदेशमा १७ हजार १५९ जना संक्रमण मुक्त भएको प्रदेशमा प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x