आफ्नो नेतृत्वको सरकार सोचेभन्दा बढी टिकाउ बनिरहेको भन्दै खुशी प्रधानमन्त्री प्रचण्ड

2.3K
shares

काठमाडौं । प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकार सोचेभन्दा बढी टिकाउ बनिरहेको भन्दै खुशी व्यक्त गरेका छन् । राम्रो काम गर्दागर्दै सरकारबाट हट्नु परे जनताकहाँ जाने उनले स्पष्ट पारे ।

 

 

आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालको समुद्घाटन गर्दै प्रचण्डले यो गठवन्धन पाँचै वर्ष जाने दाबी गरे ।

 

 

 

उनले भने, ‘यो गठबन्धन पाँचै वर्ष जान्छ, कसैले हल्लाएर हल्लिनेवाला छैन । मानिसहरुले जुन भनेका छन्, त्यसको कुनै धरातल छ भन्ने मलाई लाग्दैन । गठबन्धनभित्रको युनिटी धेरै दह्रो छ ।’

 

यो पटक गठबन्धन र सरकारले राम्रो गर्ने र राम्रो बाहेक केही नगर्ने प्रधानमन्त्रीले बताए ।

 

उनले थपे, ‘मलाई १४ दिनको प्रधानमन्त्री हुने हो कि एक महिनाको भन्नेसँग मतलब छैन । योपटक राष्ट्र र जनताको पक्षमा काम गर्छु । राष्ट्र र जनताको निम्ति समर्पित हुनेछु । राम्रो गर्दागर्दै छोड्नुपरो भने जनताकहाँ जाने छु ।’

 

आफू प्रधानमन्त्री बन्दा धेरैले सरकारको आयू लामो नरहने टिप्पणी गरेको उनले सम्झिए ।

 

प्रचण्डले भने, ‘विश्वको पनि मैले हेरेको छु । सबैभन्दा थोरै बाजपेपी १३ दिन प्रधानमन्त्री भएका रहेछन् । कोही १५ दिन त कोही २० दिन पनि भएका छन् । मलाई १ महिनाभन्दा बढी तेरो जाँदैन भन्थे । ठीकै छ, एक महिनामा राम्रो काम गर्ने कोशिष गर्छु र गदागर्दै छोड्नुपरो भने जनता न्यायाधीश छन् । जनताको घरदैलोमा जान्छु मलाई प्रम हुनैपर्छ भन्ने छैन भनेको थिएँ । भन्दाभन्दै १० महिना, अब ११ महिना हुन लाग्यो, बाँचिराखिएकै छ । प्रधानमन्त्री पनि भइराखिएकै छ । अझै राम्रो काम गर्ने विचार छ मेरो । भ्रष्टाचार र बेइमानलाई अझै बढी ठीक पार्ने विचार छ । शुुसासन, सामाजिक न्याय र समृद्धि ल्याउने विचार छ । गर्न खोज्दाखोज्दै कोही आएछ भने जनता त छँदैछन् ।’

civil hospital
Hams Hospitals