माधव पक्षलाई समेट्न ओलीले बोलाए स्थायी समितिको बैठक

23.5K
shares
Nabil bank

नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले)को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आज राति ९ बजेसम्मका लागि समय दिनुभएको छ । एमालेभित्र असन्तुष्ट माधवकुमार नेपालसहितका २८ सांसद २७ गतेको उक्त बैठकमा अनुपस्थित भएपछि विवाद नयाँ मोडमा पुगेको छ ।

नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई मत सहयोग पुग्ने गरी नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि एमाले शीर्ष नेतृत्व पार्टी एकताका लागि गम्भीर भएको हो । बैठकले लचकताका साथ प्रस्ताव ल्याएमा अध्यक्ष ओली र नेता नेपालबीच आजै भेटवार्ता हुने जनाइएको छ ।

 

एमाले अध्यक्ष ओली नेतृत्वमा रहेको सरकारले विश्वासको मत आर्जन गर्न नसकेपछि अहिले नयाँ सरकार गठनको प्रक्रियामा नेपाल पक्ष निर्णायक हुन पुगेको छ । नेपाल पक्ष जति निर्णायक बनेको छ त्यति नै अनिर्णीत पनि बनेको छ ।

नेपाल पक्षका सांसदले राजीनामा दिए विपक्षी दल नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठनका लागि बल्ल सहज हुनेछ तर जनता समाजवादी पार्टी मै विवाद भएको बेलामा राजीनामा दिँदा आत्मघाती कदमा साबित हुने डर पनि नेपाल पक्षमा छ ।

यो बेलामा नेपाल पक्षको मनोविज्ञान बुझेका ओलीले नेपाललाई पकाउँदै पेल्दै गर्ने रणनीति बनाएका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x