पोर्चुगल पठाइदिन्छु भन्दै ९ लाख ९० हजार रूपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ
वि.सं.२०८० पुस १९ बिहीवार
1K
shares
shares
काठमाडौं।पोर्चुगल पठाइदिन्छु भन्दै ९ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा नुवाकोट पंचकन्या गाउँपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-११ मनमैजु बस्ने २२ वर्षीया रचना थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
थापाले १ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख ३० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




























