रक्सी खाने पर्वमा जान्न भनेका उर्लाबारीका मेयर बालेनसँग रेडलेबलमा झुल्किए

21.4K
shares
Nabil bank

लिम्बू संस्कतिमाथि प्रहार गरेको भन्दै उर्लाबारीका मेयर गंगाप्रसाद खरेल आलोचित भएका छन् । लिम्बुहरुको पर्व चासोक तङ्नामको कार्यक्रममा जान अस्वीकार गरेपछि उनको आलोचना भएको हो । 

 

लिम्बू जातिको सबैभन्दा ठूलो पर्व चासोक तङ्नामका अवसरमा गत पुस १० देखि १४ गतेसम्म उर्लाबारी—९ आम्बारीमा सांस्कृतिक मेलाको आयोजना गरिएको थियोे । मेलामा मेयर खरेललाई पनि अतिथिको रुपमा निमन्त्रणा गरिएको थियोे । तर,उनले ‘जाँडरक्सी खाईने पर्व’मा जान्न भन्दै कार्यक्रमको निम्तो अस्वीकार गरेका थिए ।

 

 

मुन्धुमले माग्ने प्रसादका रुपमा लिइने जाँडरक्सीलाई तुच्छ रुपमा लिएपछि मेयर खरेलको यतिबेला पूर्वीजिल्लाहरुमा चर्को आलोचना भैरहेको छ । कुनै समयमा जँडियाको छवि बनाएका उनी अहिले ओम शान्ति भन्दै आदर्शको भाषण छाट्ने गरेको स्थानीय नगरवासी बताउछन् ।

 

नजिकबाट चिन्नेहरू भन्छन्, ‘बिगतमा मेयर खरेल प्रहरीको बर्दी खोस्ने, प्रहरी कुट्नेदेखि ओमशान्तिको गाडीमा सुन ओसार-पसारसम्मका अपराधमा जोडिन्थे । अहिले जाँडरक्सी खानुहुँदैन भनेर हरेक कार्यक्रममा प्रवचन दिदै हिँड्ने गरेका छन् ।’

 

आफ्नो संस्कृतिमाथि प्रहार हुँदा लिम्बू समुदाय मेयर खरेलसँग रुष्ट छन् । कतिपय स्थानीय सरकारले लोकल रक्सीको ब्राण्डिङ गर्ने अवधारणा ल्याइरहँदा उनले भने जाँडरक्सी चल्ने पर्वलाई हेयको दृष्टिले हेरेपछि सामाजिक सञ्जालमा यसबारे टिकाटिप्पणी भईरहेको छ ।

 

यता, जाँडरक्सी भएको ठाउँमा जान्न भन्ने मेयर खरेल उर्लाबारीका ज्वाईसमेत रहेका काठमाडौं महानगरका मेयर बालेन शाहसँग ब्ल्याकलेबलमा झुल्किएपछि अझै आलोचना बढेको छ । उर्लाबारीस्थित बालेनको ससुरालीमा उनले ब्ल्याकलेबलको बोत्तल देखिने गरि खिचाएको तस्वीर सञ्जालमा राख्दै लिम्बु समुदायका युवाहरुले आक्रोश पोखेका हुन् ।

 

 

किराँत याक्थुम चुम्लुङ उर्लाबारी अध्यक्ष बानु सुब्बाले सामाजिक सञ्जालमार्फत मेयर खरेलको कार्यशैलीप्रति टिप्पणी गरेकी छिन् । ‘हामी जनजातिले लिम्बू समुदायको महान चाँड चासोक तङ्नाम पर्वमा यसो संस्कृति पहिचान झल्काउँदै खाएकै निउँमा कार्यक्रमको प्रमुख अतिथी आसन ग्रहण गर्न बर्खास्त गर्नुहुने हाम्रा नगर प्रमुखज्यू तर काठमाडौंको मेयर (ज्वाई) आउँदा दिउँसै रेड लेबलसँग फोटो खिचाँउदा त्यहाँ ओम शान्ति लागु भएन र भन्या’, अध्यक्ष सुब्बाको प्रश्न छ ।

 

‘गंगे बिदेशी रक्सी चाँहि खान हुने अरुले चाँडपर्वमा खाएको कुरा काट्ने’, भक्त पन्धाकले सुब्बाको पोष्टमा प्रतिक्रिया जनाएका छन् । कर्ण मादेम्बाले त झन मेयर खरेलको कार्यशैलीको विरोधमा खुल्ला पत्र नै लेखेका छन् ।

 

 

खरेल गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उर्लाबारीको मेयर निर्वाचित भएका हुन् । जनआस्था

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x