आजको सुन चाँदीकाे मुल्य हेर्नुहोस्
वि.सं.२०८० माघ ९ मंगलवार
1.4K
shares
shares
काठमाडौं । नेपालमा आज चाँदीको भाउ घटेको छ । सुन कारोबारमा भने हिजो (सोमबार)कै भाउ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घट्दै १३ सय ७० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएको थियो ।
दुबै गुणस्तरका सुनको भाउ भने स्थिर छ । आज प्रतितोला छापावाल सुन १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य १ लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।




























