माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गर्ने

1.1K
shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा प्रदेश इन्चार्जमा नयाँ नेताहरूलाई पठाउने प्रस्ताव भएको सचिव दिनानाथ शर्माले बताए ।

 

उनका अनुसार कोशीमा हरिबोल गजुरेल, मधेसमा लीलामणि पोखरेल, बागमतीमा अग्निप्रसाद सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेलको नाम आजको बैठकमा प्रस्ताव भएको छ ।

 

 

 

भोलि बिहान ८ बजे बस्ने बैठकले यो प्रस्तावलाई पारित गर्ने बताए ।

civil hospital
Hams Hospitals