काेराेनाविरुद्वकाे औषधि तयार ,आज भारतले सार्वजनिक गर्दै
वि.सं.२०७८ जेठ ३ सोमवार
shares
काठमाडौं । भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको र साेमबार सार्वजनिक गर्न लागेको जानकारी दिएको छ ।
भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले उक्त कुराको जानकारी ट्वीट मार्फत दिएकाे हाे ।
त्यस्तै उक्त औषधि नाम २- डीजी दिइएको छ । भारतमा कोविड १९ संक्रमित बिरामीको लागि तयार पारिएको याे पहिलो औषधि हाे ।
यो औषधि भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) द्वारा बनाइएको हो । औषधिलाई भारत सरकारले आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ। सामान्य प्रयोगको लागि अनुमति नपाएसम्म यो औषधि बजारमा तत्काल उपलब्ध हुने छैन ।
यो औषधि पाउडरको रूपमा तयार पारिएको छ । यसलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा भर्ती भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
डीआरडीओका अधिकारीहरूका अनुसार देशभरका २७ अस्पतालमा यसको अन्तिम परीक्षण गरिएको थियो ।
राजनाथ सिंहले ट्वीट गर्दै भनेका छन् ‘डीआरडीओ इन्स्टीच्युट अफ न्युक्लियर मेडिसीन एण्ड अलायर साइन्सेजले औषधि बनाउने कम्पनी डक्टर रेड्डीज़ लेबोरेट्रीजको साथमा मिलेर यो खोप तयार पारेको हो ।
उक्त औषधिकाे प्रयोगले शरिरमा अक्सिजन मात्रलाई सन्तुलन राख्ने र संक्रमितलाई सहजता प्रदान गर्ने समेत उनीहरुकाे भनाई छ ।
































