सुनको मूल्य हालसम्मकै उच्च
वि.सं.२०८० फागुन २३ बुधवार
1.3K
shares
shares
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । मंगलबार पनि सुनको मूल्य एक लाख २३ हजार रुपैयाँ पुगेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख २३ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख २२ हजार ९ सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४४५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला एक हजार ४४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


























