आजको मौसम:हल्का वर्षा र हावाहुरीको सम्भावना

10.8K
shares
Nabil bank

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान कोशी, मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहको छ।

 

दिउँसोपख देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा

 

 

 

मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी साथै मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागका तराईका केही स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ।

 

राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x