नेसनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा खत्री

2.4K
shares

काठमाडौं ।नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुरेशप्रसाद खत्रीको नियुक्तीलाई बीमा समितिले स्वीकृत गरेको छ ।

कम्पनीको संचालक समिति बैंठकले प्रमुख कार्यकारी अधिकृतमा सुरेशप्रसाद खत्रीलाई नियुक्त गर्न सिफारिस गरी बीमा समितिसँग सैद्धान्तिक सहमतीका लागि पठाएको थियो ।

गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधी सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको जनाएको छ। बैङगलोरबाट एमबिए गरेका खत्रीको बिमा क्षेत्रमा करिब साढे दुई दशकको कार्यअनुभव रहेको छ ।

civil hospital
Hams Hospitals