सानिमा जीआइसी इन्स्योरेन्स को साधारण सभा सम्पन्न, २५ प्रतिशत हकप्रद निष्कासन गर्ने

11.5K
shares
Nabil bank

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा अमृतभोग कालिकास्थान काठमाडौंमा सम्पन्न सभाले संचालक समितिबाट मनोनित स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, कम्पनीको जारी पूँजी तथा चूक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, कम्पनीको चुक्ता पूँजी २ अर्बको २५ प्रतिशत बराबर ५० करोडको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनी ऐनको दफा १०५ को उपदफा १ (ग) बमोजिम आर्थिक वर्ष २०७९ र०८० मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

 

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेकोछ । सानिमा जिआईसी इन्स्योरेन्सको लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९र ०८० आषाढ मसान्तको वासलात, मिति २०७९र०४र१ गते देखि २०८०र०३र३१ गते सम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

 

सभाले साविक जनरल इन्स्योरेन्स कम्पनी नेपालको लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९र०८० को वासलात, मिति २०७९ साउने१ गतेदेखि २०७९र ०७र०६ गते सम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

 

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०र०८१ को लागि वाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने वर्तमान लेखापरीक्षक कानूनत पुनः नियुक्त हुन योग्य रहेको प्रस्ताव पारित गरेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x