भ्रष्टाचार मुद्दा पौडेल दोषी ठहर, यस्तो हुनेछ सजाय

1.9K
shares

काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ ।

 

विशेष अदालतले मंगलबार कार्यकारी निर्देशक पौडेलसहित चार जनालाई दोषी ठहर गरेको हो । टेकनारायण कुँवर तथा मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार पौडेलसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मेकानिकल सीडीई नवीनकुमार पोखरेल, इञ्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेक बिल्डिङ्स सर्भिसेज प्रालिका निर्देशक भुवन महर्जनलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेकोमा बाँकी पाँच जनाले सफाइ पाएका छन् ।

 

पौडेललाई विशेषले दुई वर्ष कैद तथा २५ करोड ४७ लाख रुपैयाँ जरिवाना र बिगोबराबरको रकम असुल हुने फैसला गरेको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० वैशाख ३ गते पौडेलसहित ९ जनालाई सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको आरोपमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

civil hospital
Hams Hospitals