झण्डै एक दर्जन कर्नेल यताबाट उता

25.1K
shares
Nabil bank

काठमाडौं।सेनाका ११ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) को सरुवा भएको छ । सैनिक सचिव विभागको हिजोको पत्रानुसार भएको सरुवा आगामी मंगलबारदेखि लागु हुने जनाइएको छ ।

 

विभागले नरसिंहदल गणका प्रमुख सेनानी प्रमोदकुमार शर्मा ५ नम्बर बाहिनी अड्डामा,श्रीनाथ गणका सुरेश देवकोटालाई पूर्वी पृतना हेडक्वार्टर र रुरु भैरवदल गणका हिमाचलजंग शाहलाई नम्बर १८ वाहिनी अड्डामा सरुवा गरिएको जनाएको छ ।

 

त्यस्तै प्रमुख सेनानीहरुमध्ये सबुज गणका गणेशराज पन्थलाई चरक बाहिनीमा,श्रीजंग गणका डायमण्ड कार्कीलाई नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान र नम्बर १८ वाहिनी अड्डाका सरोज कोइरालालाई सबुज गणको गणपति बनाइएको छ ।

 

सैनिक इन्टेलिजेन्स निर्देशनालयमा काजमा रहेका नम्बर ५ वाहिनी अड्डाका प्रमुख सेनानी निराजन कटुवाललाई श्रीजंग गणको गणपतिमा सरुवा गरिएको छ । मध्यपश्चिम पृतना हेडक्वार्टरका गणेश खड्कालाई नरसिंहदल गणमा गणपतिको जिम्मेवारी दिइएको छ ।

 

सरुवा भएका अन्य कर्नेलहरुमा मध्य पश्चिम पृतना हेडक्वार्टरका गणेश खड्कालाई नरसिंह दल गणको गणपति,सैनिक सचिव विभागका प्रद्युुम्नप्रसाद गौतमलाई श्रीनाथ गणका गणपति, मध्यपश्चिम पृतना तालिम शिक्षालयका राजेन्द्र श्रेष्ठलाई रुरु भैरवदल गणको गणपति र मध्य पृतना हेडक्वार्टरका प्रणव भट्ट मध्यपश्चिम पृतना तालिम शिक्षालयको शिक्षाधिकृतमा सरुवा भएका छन् । जनआस्था

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x