दुई करोड बढीको भन्सार छलीका सामान बरामद 

1K
shares

 

पर्सा । प्रहरीले भन्सार छली गरेर ल्याएको ठूलो परिमाणको मालवस्तु बिभिन्न स्थानबाट बरामद गरेको छ ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले करिब दुई करोड एक लाख ४९ हजार एक सय ४७ रुपैयाँ बरारको बराबरको औषधि, खुद्रा तथा हार्डवेयर र थारो भैंसी, पाडा र पाडीहरू बरामद गरेको हो । शुक्रबार दिउँसो ३ बजेको समयमा वीरगन्ज महानगरपालिका वडा नं २१ परवानीपुर चोकस्थित सडकखण्डबाट १ करोड १५ लाख एक सय ४७ रुपैयाँ बराबरका औषधि तथा खुद्रा सामानहरू पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

त्यसैगरी बिहीबार बहुदरमाई नगरपालिका– ५ डकैला बहुअरीस्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका थारो भैंसी, पाडा तथा पाडी समेत गरी चार लाख ३४ हजार रुपैयाँ बराबरका २८ वटा भैंसी तथा पाडापाडी शुक्रबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी केशर कुमार न्यौपानेले जानकारी दिए ।

civil hospital
Hams Hospitals