सुनको मूल्य ह्वात्तै घट्यो

1.1K
shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकोमा आजका सोही परिमाणको सुनको मोल रु एक लाख ४१ हजारमा कारोबार भएको छ ।

 

 

यसैगरी, तेजाबी सुन आइतबार प्रतितोला रु एक लाख ४१ हजार तीन सयमा कारोबार भएकामा आज त्यति नै परिमाणको सुनको मूल्य रु एक लाख ४० हजार तीन सय निर्धारण भएको छ ।

 

महासङ्घले चाँदीको मूल्य तोलामा रु १५ ले घटेको बताएको छ । आइतबार प्रतितोला रु एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आज रु एक हजार आठ सय ३५ मा खरिदबिक्री हुँदैछ ।

civil hospital
Hams Hospitals