यस कारण संसद विघटन गर्नुको यस्तो रहेछ : अध्यक्ष ओली

1.8K
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नै नरहने अवस्था बनेपछि आफूले संसद विघटन गरेको बताएका छन् ।

 

 

एमाले काठमाडौं जिल्ला कमिटीको सातौं अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकारले राम्रो काम गरेपछि विपक्षीलाई सरकार बुझाउन पार्टीकै नेताहरु कुदेको बताए ।

उनले नेकपा एसका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै भने, ‘अदालतमा गएर विपक्षीलाई प्रधानमन्त्री बनाएको छ । अनि आफैं कुरा ठूला गरेको छ । त्यतिबेला प्रतिनिधिसभा विघटन नगरेको भए आज हामीले एमाले भन्न पाउँदैनथ्यौं । यो अन्तै लगेर बुझाइसकेको हुन्थ्यो ।’

 

दक्षिणपन्थी शक्तिको पाउमा सरकार बुझाए जस्तै एमालेलाई पनि बुझाइसकेको हुने उनको भनाइ छ ।

civil hospital
Hams Hospitals