सुनको मूल्य आज कति पुग्यो हेर्नुहोस्
वि.सं.२०८१ जेठ २८ सोमवार
2.4K
shares
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ ।
शुक्रबार प्रतितोला एक लाख ४५ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य आइतबार एकैदिन चार हजार रुपैयाँले घटेको थियो । आज हिजोकै मूल्यमा सुन कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४१ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार तीन सय रुपैयाँ रहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार ८२५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।


























