३० करोड हिनामिना गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा
वि.सं.२०८१ जेठ २९ मंगलवार
1.8K
shares
shares
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखसहित सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सर्लाहीको भरत ताल निर्माणमा ३० करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा बागमती नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, नगर भरत कुमार थापासहित ६ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।




























