उपसचिव भट्टराई गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धित मुद्दामा दोषी ठहर, तोकियो सजाय र जरिवाना

1.5K
shares

काठमाडौँ । यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौँका तत्कालीन उपसचिव सुन्दर भट्टराईलाई विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गरेको छ ।

 

न्यायाधीशहरू खुशीप्रसाद थारू, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले मंगलबार उनलाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए । साथै उनले १४ लाख ७४ हजार १६९ रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको विशेषको ठहर छ ।

 

 

 

भट्टराईलाई तीन महिना कैद र बिगो बमोजिम जरिवाना हुने गरी फैसला भएको विशेष अदालतका सूचना अधिकारी रेग्मीले जानकारी दिएका छन् ।

civil hospital
Hams Hospitals