सुनको मूल्य घट्यो, हेर्नुहोस् कति पुग्यो आज

1.8K
shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बिहीबार प्रतितोला एक लाख ४१ हजार ६ सय रुपैयाँ पुगेको सुनको मूल्य आज चार सय रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४१ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ५ सय रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals