सुनको मूल्य आज कति छ हेर्नुहोस्
वि.सं.२०८१ असार ४ मंगलवार
2K
shares
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज स्थिर रहेको छ । सोमबार कारोबार भएकै मूल्य आज मंगलबार पनि कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४२ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ५ सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार ८१५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।




























