सेनापतिका सामान सारिँदै, अर्का जर्नेललाई थप संकट

54.5K
shares
Nabil bank

एउटा कर्णेल अमेरिकादेखि तानिएर छिट्टै बर्खास्त हुने स्थितिमा, दोस्रो वरीयताका जर्नेल जन्ममितिको लफडामा, अनि प्रधानसेनापति प्रभुराम शर्माले दहीच्युरा खाने असार १५ को शुभ साइतदेखि शशी भवनबाट आफ्ना सरसामान सीतापाइला सार्ने योजना । 

 

नेपाली सेना अहिले यस्तो भद्रगोलका बीचमा गुज्रिरहेको छ । भदौ २४ गते अनिवार्य अवकाश हुने कारण साउन २४ देखि बिदामा बस्ने तयारी गरिरहेका सेनापतिले आफूपछिको प्रधानसेनापतिका उम्मेदवारको कैफियत जाँच्न २ जना मेजर खटाएर सरकारी निवास शशी भवनका आफ्ना सामान अर्काे महिनादेखि सीतापाइलास्थित कुमारी मन्दिरनजिकैको निजी निवासमा सार्न लागेका छन् ।

 

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा दुई वर्षका लागि खटिएर गएका महासेनानी दिरेन्द्र मल्ल शैक्षिक प्रमाणपत्रमा जन्ममितिको कैफियत देखिएपछि एक वर्ष नपुग्दै तानिएका छन् । भनिन्छ, उनको जागिर जाने सम्भावना पौने एक सय प्रतिशत छ । उनको ठाउँमा महासेनानी रोहित गुरुङ हाजिर हुने भएका छन् । कल्याणकारीमा ऋण शाखाका प्रमुख उनी आफूले कोशेली खाए पनि अरुलाई नखुवाउने भनेर चिनिन्छन् । दिरेन्द्रचाहिँ अमेरिकामा कसैलाई खबर नगरी जर्नेलमा बढुवाका लागि काठमाडौं आएका हुन् । तर, बढुवाको बदलामा सजायँ पाएर जागिरबाट मुक्त हुने सम्भावना प्रबल छ । उनीउपर छानबिन गर्न कोर्ट अफ इन्क्वायरी गठन भएको छ । सैनिक सचिवालय हेर्ने जर्नेल रामप्रसाद अधिकारीको नेतृत्वमा गठित संयन्त्रले नागरिकता र शैक्षिक प्रमाणपत्रका आधारमा उमेरको छानबिन गर्दै छ । ठाउँठाउँबाट यी कागजातको अवस्था रुजु गर्नका लागि प्रधानसेनापतिको सैनिक सचिवालय र डिजिएमआईबाट कार्की र थापा थरका एक–एकजना मेजर खटिएका छन् । उनीहरू स्टाफ कलेज नगरेका, तर परिपक्व अफिसर मानिन्छन् ।

 

यसअघि मुखमा आएको प्रधानसेनापतिको पदमात्रै हैन, जागिर नै छाडेर हिँड्नुपरेको ताराध्वज पाँडेकै नियति भोग्ने तावाको धारमा छन्, अशोक सिग्देल । पूर्णचन्द्र थापा प्रधानसेनापति हुँदा प्रभुराम शर्मा र निर्मलकुमार थापाले सिग्देलको जन्ममितिबारे छानबिन गरेका थिए । उक्त छानबिनबाट खासै कैफियत ननिकालिएका उनको हकमा अहिले फेरि त्यही विवाद चर्कोसँग उठेको छ । सिग्देलको उमेरको लफडा निकाल्ने २ तारे जर्नेल सन्तोष ढकाललाई पवन घिमिरे र सन्तोषबल्लभ पौडेलको साथ रहेको बताइन्छ । ढकाल अहिले तालिम हेर्ने डिजिएमटीको जिम्मेवारीमा छन् । यदि अशोक यही कारण घर जाने भए भने निर्मल थापा प्रधानसेनापति हुनुपर्ने हो । तर, उनलाई पनि कुनै न कुनै बहानामा बाटो छेकेर सन्तोष आफैंले प्रधानसेनापति हुने गरी चलखेल गरिरहेको चर्चा जंगी अड्डामा छ । यसका लागि परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सांसद रामहरि खतिवडा, एमाले सांसद रघुजी पन्तकहाँ ‘काका–मामा’ जस्ता साइनो लगाउँदै दौडधुप गरिरहेको बताइन्छ ।

 

सन्तोषमाथि सेनाका व्यावसायिक कामभन्दा सम्पत्ति आर्जन गर्ने, रमाइलो गर्नेजस्ता कुरामा बढी ध्यान दिने गरेको र स्टाफ कलेज टोखामा हुँदा महिला मेजरलाई एक्लै वाकिङ (पैदल यात्रा) मा लैजाने गरेको आरोप छ । उनका अर्का मेरुदण्ड हुन्, मधुकरजंग कार्की । उनीसँग मनग्यै पैसा छ । केन्यामा वार कलेजको तालिम गरिरहेका छन् । उनको ब्याचमा शुरुदेखिकै सिनियर अनुपजंग थापा हुन् । मधुकरभन्दा पहिल्यै एनडिसी सकाए । तर, गौरवसमशेर राणा प्रधानसेनापति हुँदा पछि परे । दरबार हत्याकाण्डका बेला मधुकर निराजनका एडिसी थिए । पछि ज्ञानेन्द्रले सुन्दरप्रताप रानाहरुलाई हटाई उनलाई आफ्नै एडिसी बनाए । अहिले सन्तोष ढकाललाई अगाडि बढाउन पाए आफूहरुलाई सजिलो होला भन्ने मधुकरलाई लागेको हुनुपर्छ ।

 

सन्तोषमाथि प्रधानसेनापति नियुक्त भएर कार्यभार सम्हाल्न नपाएका स्व.कुलबहादुर खड्का र माओवादीबाट सांसदमा उठेर हारेका कुमार फुदुङहरूसँग मिलेर घरजग्गाको कारोबार गरेको आरोप पनि छ । आफूले कमाएको ‘जग्गा बाबुबाजेका नाममा राख्ने र फेरि बकसपत्र लिएर सम्पत्ति सुरक्षित गर्ने मामिलामा माहिर थिए, सम्पत्ति छानबिन गर्ने हो भने मनग्यै रहेको फेला पर्छ पनि भनिन्छ ।

 

(साभार:जनआस्था साप्ताहिकबाट)

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x