आजको मौसम:भारी वर्षाको सम्भावना

16.9K
shares
Nabil bank

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

 

अहिले बिहान कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। त्यस्तै काठमाडौं उपत्यकामा पनि वर्षा भरहेको छ। बाँकी स्थानमा बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ।

 

 

 

बिहीबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै मधेस प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

राति कोशी, मधेस, बागमती, गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

पछिल्लो २४ घन्टामा देशका अधिकांश भूभागमा पानी परेका छन्। डडेधुराको साहुखर्कमा पछिल्लो २४ घन्टामा ९०.६ मिलिमिटर वर्षा मापन भएको छ। लमजुङको राइनास्टारमा ८६.२, रौतहटको गरूडामा ९४.४ मिलमिटर वर्षा भएको छ। मोरङको हरैंचामा ८५.२, झापाको अनारमनीमा ७०.८, कपिलवस्तुको भगवानपुरमा ४४.८ मिलमिटर पानी परेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x