प्रमुख प्रशासकीय अधिकृतले पाए सफाइ

14.3K
shares
Nabil bank

काठमाडौँ । सडक निर्माणमा अनियमितता गर्ने मुड्केचुलाका इन्जिनियर र सब-इन्जिनियरलाई सजाय तोकिएको छ ।

 

डोल्पाको मुड्केचुला गाउँपालिकाका इन्जिनियर र सब-इन्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि उनीहरूलाई सजाय ताकिएको हो ।

 

 

 

गाउँपालिकाको वडा नं. ८ मा सडक निर्माणमा अनियमितता भएको मुद्दामा तीनजना दोषी पाइएका हुन्।

 

विशेष अदालतले गाउँपालिकामा इन्जिनियरका रूपमा कार्यरत देवराज रावत र सब-इन्जिनियर दीपनारायण यादवलाई दोषी ठहर गरेको हो। दुवैलाई जनही ३ महिना कैद र ३ लाख ६५ हजार रुपैयाँ जरिवानाको फैसला भएको अदालतका प्रवक्ता धाबहादुर कार्कीले बताए ।

 

कार्कीका अनुसार विशेषका सदस्यहरू खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासबाट यस्तो फैसला भएको हो। उपभोक्ता समिति अध्यक्ष मानबहादुर रोकायाबाट भने विशेषले १० लाख ९७ हजार रुपैयाँ भराउने फैसला गरेको छ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच महिनाअघि मुद्दा दर्ता गरेकोमा आंशिक ठहरको फैसला भएको हो। सडक निर्माणका क्रममा १० लाख ९७ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित मुद्दा दर्ता भएको थियो।

 

विशेषले गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र वडा नं. ८ का कार्यवाहक अध्यक्ष धनबहादुर रोकायाले भने यस मुद्दामा सफाइ पाएका छन्। यसैगरी, कार्यपालिका सदस्य रामकुमार नेपाली, वडा प्राविधिक इशारा बुढा र उपभोक्ता समितिका कोषाध्यक्ष निर्मला रोकायालाई पनि सफाइ दिने फैसला भएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x