निर्जीवन बीमा कम्पनीहरुको नाफा ५२.८० प्रतिशतले वृद्धि

12.6K
shares
Nabil bank

 

सर्वाधिक नाफा कमाउने कम्पनीमा नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीले ७० करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरी सबैभन्दा बढी नाफा कमाउने कम्पनी बन्न सफल भएको छ । त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि ६९ करोड २३ लाख रुपैयाँ नाफा कमाएर दोस्रो स्थान ओगटेको छ । यता नेको इन्स्योरेन्सले ६८ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरी तेस्रो स्थान ओगटेको छ ।

यसका साथै हिमालयन एभरेष्टले ६६ करोड ७९ लाख, राष्ट्रिय बीमा कम्पनीले ६२ करोड ७३ लाख, आईजीआई प्रुडेन्सियलले ६१ करोड २१ लाख, सगरमाथा लुम्बिनीले ६० करोड ८९ लाख, ओरियण्टल इन्स्योरेन्सले ५९ करोड ६१ लाख, शिखर इन्स्योरेन्सले ५१ करोड ३० लाख, प्रभु इन्स्योरेन्सले ४९ करोड ८ लाख, युनाइटेड अजोडले ३८ करोड ५२ लाख, सानिमा जिआइसीले ३३ करोड ७ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले २६ करोड ६७ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले २५ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा सर्वाधिक नाफा बढाउने कम्पनीमा भने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स अगाडी छ ।

कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा मात्रै १५६.६७ प्रतिशतले नाफा बृद्धि गरेको छ । त्यस्तै, शिखर इन्स्योरेन्सले १२६.८७ प्रतिशत, प्रभु इन्स्योरेन्सले ११८.१३ प्रतिशत, युनाइटेड अजोडले १०८.११ प्रतिशतले नाफा बढाएका छन् । यता आरबीसीएलको नाफा भने १८.८० प्रतिशतले घट्न पुगेको छ । त्यस्तै, नेको इन्स्योरेन्सको नाफा पनि २.७३ प्रतिशतले घटेको छ ।

इपीएस कुनको कति ?

अघिल्लो आवको तुलनामा गत आवमा सर्वाधिक पीएस बढाउने कम्पनीमा नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स रहेको छ । दुबै कम्पनीले १८ रुपैयाँका दरले इपीएस बढाएका छन् । नेपाल इन्स्योरेन्सको इपीएस ४२.६१ रुपैयाँ पुगेको छ भने प्रभु इन्स्योरेन्सको इपीएस ३४.०५ रुपैयाँ रहेको छ । यसका साथै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको इपीएस पनि ११ रुपैयाँल ले बढेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको इपीएस २४.६७ रुपैयाँ पुगेको छ भने शिखर इन्स्योरेन्सको इपीएस १९.३२ रुपैयाँ पुगेको छ ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको इपीएस १२ रुपैयाँले बढेर २०.२१ रुपैयाँ पुगेको छ भने हिमालयन एभरेष्टको इपीएस ७ रुपैयाँले बढेर २६.७२ रुपैयाँ पुगेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ६ रुपैयाँले बढेर २३.२२ रुपैयाँ, युनाइटेड अजोड र सानिमा जिआइसीको इपीएस ३–३ रुपैयाँले बढेर १८.३५ रुपैयाँ र १६.५४ रुपैयाँ पुगेको छ ।

साथै एनएलजी इन्स्योरेन्सको भने २ रुपैयाँले मात्रै बढेर १६.४६ रुपैयाँ पुगेको छ । राष्ट्रिय बीमा कम्पनीको इपीएस ५४ रुपैयाँले घटेर २३५.२७ रुपैयाँ कायम भएको छ भने नेको इन्स्योरेन्सको १ रुपैयाँले घटेर ३४.०७ रुपैयाँ कायम भएको छ ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x