आदर्शका बुबाको निधनबारे निश्चल भन्छन् : डर लाग्छ हामी पनि कहिले यही सिस्टमको सिकार हुन्छौं

25.9K
shares
Nabil bank

काठमाडौं । कमेडियन आदर्श मिश्रका बुबा बिनोद मिश्रको उपचारको क्रममा नारायणी अस्पतालमा निधन भएको छ।

मिर्गौलापीडित रहेका उनको अस्पताल चहार्दाचहार्दै निधन भएको हो।

आर्दशका अनुसार नेश्नल मेडिकल कलेज वीरगन्ज र नारायणी अस्पतालको लापरवाहीका कारण उनले आफ्नो बुबा अकालमै गुमाएका हुन।

उनका अनुसार नेसनल कलेजले उपचार गर्न नमानेको र नारायणी अस्पतालले लापरवाही गरिदिँदा विनोद मिश्राले ज्यान गुमाउनु परेको हो।

आदर्शका बुवाको मृत्यु भएपछि सामाजिक सञ्जालमा सरकार र व्यवस्थाको आलोचना भइरहेको छ।

यसैबीच, कलाकार कलाकार निश्चल बस्नेतले सामाजिक सञ्जालमार्फत बिग्रको व्यवस्थाका कारण धेरै मानिस सिकार बनिरहेको टिप्पणी गरेका छन्।

कलाकार बस्नेतले मिडियामा नेताहरुको भाषणमात्रै नभएर यस्ता बिषयले प्राथमिकता पाउनुपर्ने समेत उल्लेख गरेका छन्।

civil hospital
Hams Hospitals