नेप्सेमा ५५.८६ अंकको गिरावट

11.9K
shares
Nabil bank

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से ५५.८६ अंकले घटेर दुई हजार ६ सय ४६ दशमलव ०३ विन्दुमा बन्द भएको हो ।

 

आइतबारको तुलनामा सोमबार कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार १० अर्ब रुपैयाँ बराबरको कारोबार भएको नेप्सेमा आज ९ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २२ वटाको बढेको छ भने २२२ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

 

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयरमूल्य आज ८.९८ प्रतिशतले बढेर प्रतिकित्ता १५६५ रुपैयाँ पुगेको छ ।

 

उन्नती सहकार्य लुघवित्त वित्तीय संस्थाको शेयरमूल्यमा भने घटेको छ । यस कम्पनीको शेयरमूल्य ७.७८ प्रतिशतले घटेको हो । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३७ करोड ५७ हजार बराबरको कारोबार भएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x