सांसदहरूलाई आयो यस्तो कडा निर्देशन
वि.सं.२०८१ भदौ २६ बुधवार
1.7K
shares
shares
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौं नछाड्न निर्देशन दिएको छ । प्रमुख सचेतक श्याम घिमिरेले आज सूचना पठाउँदै काठमाडौंमै रहन भनेका हुन् ।
सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख ईन्दिरा रानाको आचरण सही नभएको भन्दै हटाउने प्रस्ताव गरेका थिए । त्यहीअनुसार अहिले कांग्रेस एमालेले तयारी गरिरहेका राजीनामा मागिरहेका छन् ।
उपसभामुखले राजीनामा नदिए हटाउने प्रस्ताव लैजाने गठबन्धनको तयारी छ । त्यसैले कांग्रेसले मात्रै नभएर एमालेले पनि यसअघि नै सांसदहरूलाई ३ गतेसम्म काठमाडौं नछाड्न भनिसकेको छ ।

























