एकै पटक ४० जना सहसचिवको सरुवा, हेर्नुहोस् को को कहाँ पुगे

1.3K
shares

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारको सरुवा गरेको छ ।

 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवको सरुवा गर्ने क्रममा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको हो ।

 

परियारको सरुवा गरेसँगै रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईको सरुवा भएको छ ।

 

 

सरुवा सूची अनुसार पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्याकृष्ण थापाको गृह मन्त्रालयमा सरुवा भएको छ भने राष्ट्रिय दलित आयोगका सचिव शिवराज चौलागाईलाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।

 

 

civil hospital
Hams Hospitals