सुनको मूल्य हालसम्मकै उच्च

1.4K
shares

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको तोलामै एक लाख ५७ हजार नाघेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ५६ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५७ हजार ३ सय रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals